काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ इतिहासलाई भव्यताका रूपमा मनाएको छ ।
२०औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको मेलम्ची शाखाले मिति २०७७ चैत्र २१ गते शनिबार, थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरुबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त कार्यक्रममा सात सय जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।
साथै, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सँगसँगै सम्पन्न गर्दै वार्षिकोत्सवमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा एक सय १४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
बैंकले हाल देशव्यापीरुपमा फैलिएका आफ्ना एक सय ९२ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २६ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।