काठमाडौँ ।
साताको अन्तिम कारोवार दिन पनि सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने दुई दसमलव ७४ अंकले उकालो लागेर २६ सय ७४ दसमलव ३५ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव २८ अंकले ओरालो लागेर चार सय ७६ दसमलव ५१ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गतका दुई सय सात वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । जसबाट ७१ हजार दुई सय ४१ पटकको कारोवारमा एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएकाछन । जसअनुसार आज कुल कारोवार रकम छ अर्ब ५५ करोड ६६ लाख १६ हजार छ सय ८० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये छ वटा उपसमुहको सुचकहरु ओरालो लागेकाछन भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, फाईनान्स, लघुबित्त र सामुहिक लगानी कोष उकालो लागेकाछन भने जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी कोष समुहको सुचक घटेकाछन ।