इस्लामाबाद ।
युरोपेली संघको हवाइ सुरक्षा संस्था (ईएएसए) ले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)माथिको प्रतिबन्ध लम्ब्याएको छ । संस्थाले पाकिस्तान नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले गरेको सुरक्षा अडिट समयमै लिन पनि निर्देशन दिएको छ ।
गत वर्ष जुलाईमा युरोपेली संस्थाले सदस्य राष्ट्रमा पाकिस्तानी एयरलाइन्सको उडानमाथि प्रतिबन्ध लगाएको थियो । अहिले फेरि यो प्रतिबन्ध मार्च ३१ सम्म लम्ब्याइएको छ । आईकाओले नै पाकिस्तानी एयरलाइन्समाथि सुरक्षाबारे ध्यानाकर्षण गराएकोले प्रतिबन्ध थप गर्नुपरेको युरोपेली संस्थाले दाबी गरेको छ । पाकिस्तानले भने प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।