काठमाडौं । सिभिल बैंकले सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैकका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई प्रदान गरेका हुुन् । हाल बैंकले सबै क्षेत्रमा गरी एक सय १४ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर र ८९ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।