काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताललाई रकम सहयोग गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई टोकन सिस्टम लागू गर्नको लागि पाँच लाख रुपैयाँ सहयोग गरेको हो । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुुन् ।
बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरूको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरूमा टोकन सिस्टम लागू गर्न उपयोग गर्नेछ । उक्त सिस्टमले अस्पतालमा व्यवस्थित रूपमा सेवा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।