काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दाबी भुक्तानी रकम ३० लाख प्रदान गरेको छ । कम्पनीले शनिबार तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षीय रामचन्द्र कँडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रीम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क दुुई लाख ४६ हजार रुपैयाँ बुुझाएका कँडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भई उपचारको लागि काठमाडौंको गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनीले सो ३० लाख बीमाङ्क रकम प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराजढकालले बताए ।
कँडेलजीको बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । क्षेत्रीय प्रबन्धक ढकालले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागि नभई २० घातक रोगहरूको लागि बिलविनानै ५० लाखसम्मको उपचारखर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिनेगरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।
बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरेर उपस्थित सबैमाझ बेलैमा बीमा गर्ने सल्लाह दिए । तिलोत्तमा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्यक विराम अर्याललगायत वरिष्ठ राजनीतिज्ञ, समाजसेवीहरूले संयुक्तरूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यसरी जीवन बीमा कम्पनीले घरघरमै आएर उपचार खर्च दिएको पहिलो पटक थाहा पाएको बताइन् ।