काठमाडौँ ।
देशका विभिन्न प्रयोगशालाहरुमा शुक्रबार चार हजार ७१ जनाको पिसिआर परीक्षण गरिएको छ। उक्त परिक्षण गर्दा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ७९ हजार तीन सय ८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक सय २७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण कसैको पनि मृत्यु नभउएको छनै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार ३८ जनाको ज्यान गएको छ ।