काठमाडौं ।
साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरूमा कर्मचारीहरूको लागि दरखास्त आह्वान गरेको छ । लघुवित्तले जारी गरेको सूचनाअनुसार सहायक महाप्रबन्धक एकसहित सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरूमा केही संख्यामा कर्मचारी माग गरिएको हो ।
संस्थाले यही चैत १९ गते प्रकाशित गरेको सूचनामा जनाएअनुसार आफ्नो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको लघुवित्तको रूपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)