काठमाडौँ ।
एनआईबीएल सहभागिता फण्ड लाभांश पुनः लगानी योजनामा सहभागी हुुन आह्वान गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाइधनीहरूलाई लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरिएको कोषले जानकारी दिएको छ ।
कोषका अनुसार इकाइधनीहरूले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शुल्ककट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाइहरू खरिद गर्नसक्ने व्यवस्था गरिएको छ । साथै चालू आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरूमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुनः लगानी योजनाअन्तर्गत नाम दर्ता गराउनुहुने इकाइधनीहरूको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी पनि कोषले दिएको छ ।