काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ  । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड ५५ लाख ६० रुपैयाँबराबरको पाँच लाख ५५ हजार छ सय कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागि कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जानकारी दिएको छ ।