काठमाडौं ।
नबिल बैंकले नबिल जेन एन एकाउन्ट सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार सम्पूर्ण देश नै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा आफ्ना ग्राहकवर्गको माग तथा समयसापक्षे सेवा दिने हेतुले नबिल जेन ऐन एकाउन्ट सञ्चालनमा ल्याइएको हो । नबिल जेन एन एकाउन्ट नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक विश्वस्त छ । यसमा एन एनटीसी, एनसेल दुई जीबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरू जस्तैः मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।
हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरू सञ्चालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की खाता खोलेर यसबाट फाइदा लिन बैंकले आग्रह गरेको छ । साथै कोरोनाको असहज परिस्थितिका बाबजुद यो बचत खाता सञ्चालनमा आएको एक वर्ष नपुग्दै एक लाखभन्दा बढी ग्राहकहरूलाई समाहित गर्न पाउँदा निकै गौरभान्वित भएको बैंकले जानकारी दिएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिलको एक सय १९ शाखा, एक सय ८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाकोरूपमा काम गर्दै आएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब एक करोड ६० लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब चार करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
बैंकले गत आवको सोही अवधिमा एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ४५ करोड १६ लाख ८६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।