नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । एएनआईका अनुसार एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार आठ सय ७९ जना संक्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा तीव्र वृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ३३ लाख ५८ हजार आठ सय पाँच पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये आठ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेको छ ।