दुवई ।
दुवईमा विश्वस्तरीय एक्स्पो हुने भएको छ । एक वर्षअघि तय गरिएको एक्स्पो यस वर्ष हुने भएको हो । यो एक्स्पो हरेक पाँच वर्षमा आयोजना हुने गर्छ भने सय बढी देशले एक्स्पोको पेभिलियन प्रयोग गर्छन् । जहाँ आर्किटेक्चर र पछिल्ला प्रविधिको प्रदर्शनी हुने गर्छ ।
महामारीका कारण एक्स्पोको मिति सर्नुअघि आयोजकले साढे दुई करोड मानिसले छ महिने अन्तर्राष्ट्रिय मेला अवलोकन गर्ने बताएको थियो । अब यसको नयाँ मिति अक्टोबर १ देखि सन् २०२२ को मार्च ३१ सम्म तोकिएको छ । दुवई एक्स्पो २०२०का महानिर्देशक रीम अल हासिमीले महामारीअघिकै अवस्थामा गरिएको अनुमानित संख्या एक्स्पोमा सहभागी हुने दाबी गरे । अहिले पनि युरोपमा कोरोनाको भयले लकडाउनलगायतका कदम चालिरहे पनि एक्स्पो सफल हुने आयोजकले बताएको छ ।