काठमाडौं ।
इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । इन्स्च्यिुटले सोमबार काठमाडौँको नक्सालस्थित भिम प्लाजमा इन्स्टिच्यटका अध्यक्ष राजुरमण पौडेलको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको जानकारी दिएको छ । सभामा इन्स्टिच्युटका सञ्चालकहरू दीपप्रकाश पाण्डे, विजयबहादुर खत्री, निर्मलकाजी श्रेष्ठ, प्रकाशविक्रम खत्रीलगयतको उपस्थिति रहेको थियो ।
यीबाहेक नेपाल पुनर्बीमा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी, प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेल, एवं जीवन बीमा एवं निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं प्रतिनिधिहरूको समेतको उपस्थिति रहेको इन्स्च्यिुटले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)