काठमाडौं ।
बिसं २०७७ सालको अन्तिम कारोवार दिन अर्थात यही चैत ३१ गते आज मंगलबार सेयर बजार परिसुचकले एतिहाँसिक रेर्कड कायम गरेको छ । बजार परिसुचक २३ दसमलव २३ अंकले उकालो लागेर २७ सय १४ दसमलव ७९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ९९ अंकले उकालो लागेर चार सय ८६ दसमलव २८ अंकमा चढेको छ ।
आज धितोपत्र बजारमा १३ वटा उपसमुह अन्तर्गत दुई सय नौ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ७६ हजार ९४ पटकको कारोवारमा एक करोड ४६ लाख ९१ हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन सात अर्ब १४ करोड ३१ लाख ५१ रुपैयाँको सेयर कारोवार भएका छन् ।
आज धितोपत्र बजारमा कारोवार भएका कुल उपसमुह मध्येमा सात वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, ट्रेडिङ र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेकाछन भने निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहको सुचकहरु भने ओरालो लागेका छन् ।