काठमाडौं, पुस २८
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही पुुस २१ गते बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन समेत सबैलाई आग्रह गरिएको कम्पनीले जानकारी दिएको छ ।