काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीको कामुु प्रमुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र श्रेष्ठ नियुुक्त भएका छन् । कम्पनीको यही चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले यसअघि उक्त कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सुम्पिएको कम्पनीले जनाएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ६४ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा एक करोड ४० लाख ४२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ २८ पैसा रहेको छ ।