काठमाडौं ।
सेलकम प्रालिको सेलपे सेवाले नयाँ वर्ष २०७८ अवसरमा ‘नयाँ वर्ष २०७८, पाइन्छ उपहार हप्तैभर’ योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले सेलपे सेवामा रहेका विभिन्न सात सेवाहरु उपयोग गर्दा उक्त सातवटै सेवाहरुमा हरेक दिन लक्की ड्रमार्फत सात जनाले आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुनेछ ।
यस योजनामा सेलपेका ग्राहकहरुले मर्चेन्ट भुक्तानी गर्दा हरेक दिन एक जनाले २० दशमलव ७८ प्रतिशतसम्म क्यासब्याक, रकम स्थानान्तरण गर्दा हरेक दिन एक जनाले एक्स–एजको एअरवड, एयरलाइन्स टिकटखरिद गर्दा हरेक दिन एक जनाले ५० प्रतिशतसम्म क्यासब्याक, इन्टरनेटको महशुल भुक्तानी गर्दा हरेक दिन एक जनाले एक थप महिनाको सेवा निःशुल्क, टिभीको महशुल भुक्तानी गर्दा हरेक दिन एक जनाले एक थप महिनाको सेवा निःशुल्क साथै मोबाइल टप–अप/रिचार्ज गर्दा हरेक दिन एक जनाले छ जीबी डेटा प्याक जित्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरुको लागि लागू हुनेछ जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरेपश्चात् कारोबार गरी यस योजनामा सहभागी हुन पाउनेछन् ।