काठमाडौं ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको क्यापिटलले नेपालमा केफसी, पिजा हट र क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रालिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमी, बौद्ध, महाराजगञ्ज र पोखरा शाखाका कर्मचारीहरूलाई सामूहिक लगानी कोषसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम र तालिम सञ्चालन गरेको हो ।
सामूहिक लगानी कोष नियमावली २०६७को कार्यान्वयन पश्चात् नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना सञ्चालन गरिरहेको क्यापिटलद्वारा सञ्चालित सो विशेष कार्यक्रममार्फत उक्त कम्पनीका कर्मचारीहरूले सामूहिक लगानी कोष सम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पुँजी बजारसँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।