काठमाडौं, पुस २८ ग्लोबल आईएमई बैंक लिमिटेडले मेरुदण्डीय पक्षघात समूह नेपाललाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई तीन लाख रूपैयाँ सहयोग गरेको हो । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले संस्थाका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुुन् । बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।