काठमाडौं, पुस २८ एनएमबी बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणले सपथग्रहण गरेका छन् । गोल्याणलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्षको रूपमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुुन् । यही २०७६ पौष २४ गते, बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबी बैंक लिमिटेडकोे २४औं वार्षिक साधारणसभाले गोल्याणलाई संस्थापक सेयरधनीको प्रतिनिधि चयन गरेको हो । हाल एनएमबि बैंकको सञ्चालक समितिमा अध्यक्ष पवनकुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक सेयरधनी नीको पिल, कर्मचारी सञ्चयकोषको तर्फबाट संस्थापक सेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीबाट शिरिषकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिपराज पाण्डे रहेका छन् ।