काठमाडौं ।
चौथो संस्करणको कतारी रियाल सटही गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कतारको केन्द्रीय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु उक्त बैंकले सन् २०२१ जुलाई १ पश्चात् चलनचल्तीबाट हटाउने निर्णय गरेकोले आपूmसँग भएका त्यस्ता नोटहरु २०७८ वैशाख २७ गतेभित्र प्रचलित व्यवस्थाबमोजिम सटही गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
सटहीको लागि राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न अनुुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, परिवत्र्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेन्जरहरुबाट गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । सो मितिपश्चात् भने त्यस्ता बैंक नोटहरु सटही गर्न यस बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, मनिचेन्जरहरु बाध्य नहुुने समेत राष्ट्र बैंकले जनाएको छ ।