काठमाडौं ।
कोका–कोलाले एक सय ७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कम्पनीले यसको मूल्य मात्रै २५ रुपैयाँ तोकेको जनाएको छ । कम्पनीका अनुसार नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो । यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ ।
कोका–कोलाको पेयपदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरु चाहानाअनुरुप कोकाकोलाले नयाँ पेयपदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको छ ।
आरजीबी बोतलहरु रियुजेबल बोतलहरु हुन् र यिनीहरुले वातावरणमैत्री हुन् । साथै गिलास प्याकेजिङले गर्दा कोका–कोलाको स्वाद सधै ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ । यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।