काठमाडौं । प्राइम कमर्सियल बैंकको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ  । बैंकका अनुसार बैंक सञ्चालक समितिको यही चैत २६ गते बसेको चार सय १९औँ बैठको निर्णयबमोजिम वैशाख ९ गते बिहीबारदेखि कार्यान्वयनमा आउनेगरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । बैंकका अनुसार आरबीबीलाई एक वर्ष अवधिको लागि ऋणपत्र रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो ।