काठमाडौं ।
नेपाल बैंक लिमिटेड र काठमाडौँ मल (दिवा सपना जेभी) बीच सम्झौता भएको छ । उक्त मलका स्टलहरूमा नेपाल बैंकको क्यूआर कोड सञ्चालन गर्ने र काठमाडौँ मलको परिसरमा नेपाल बैंकको एटीएम सञ्चालन गर्ने विषयमा सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौताामा बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत कुष्ण बहादुर अधिकारी र काठमाडौँ मल व्यवस्थापन कम्पनीका तर्फबाट प्रमुुख व्यवस्थापक विष्णुुहरि ढकालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार काठमाडौं मलका व्यवसायीहरूलाई बैंकले सहुलियत दरमा विनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले देशभर रहेका दुुई सय पाँचवटा शाखा, ४१ एक्स्टेन्सन काउन्टर, एक सय ४६ वटा एटीएमसहित डिजिटल बैंकिङमार्फत उच्चतम बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।