काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले तनुुहँको दमौलीमा पनि शाखा खोलेको छ । बैंकका अनुसार समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३औं शाखाको शुुक्रबार उद्घाटन गरिएको हो ।
बैंकुण्ठ न्यौपाने, मेयर, व्यास नगरपालिका र राजु गौली, गण्डकी प्रदेश प्रमुख, एभरेष्ट बैंकले संयुक्तरूपमा दमौली, तनहुँ शाखाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा पविन्द्र कुमार श्रेष्ठ, अध्यक्ष–उद्योग वाणिज्य संघ, तनहुँ, काशीराम श्रेष्ठ, अध्यक्ष वडा–२ व्यास नगरपालिका, पुष्पराज उप्रेती, बजार विभाग प्रमुख एभरेष्ट बैंक साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसै उद्घाटन समारोहमा बैंकले कन्टया्क्टलेस पेमेन्टलाई प्रवर्द्धन गर्दै आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय तीन शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट, एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।