काठमाडौं । भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै च्याट गरेर भायानेटसम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने भएका छन् । त्यसका लागी कम्पनीले भाइबर च्याटबट सेवा सञ्चालनमा ल्याएको छ । उक्त च्याटबटबाट अब भायानेटको कुनै पनि सेवाको बिलसम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेटसम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाट भाइबर च्याटबट मार्फत तुरुन्तै पाउन सकिन्छ ।