काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी कारोबार सञ्चालनको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । यहाँसम्म आइपुग्दा आफूहरूसँग अटुटका साथ सहकार्य गर्ने तथा कम्पनीलाई जीवन बीमाको क्षेत्रमा सबल कम्पनीको रूपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त ग्राहक वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय बीमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालय, सञ्चालक समिति, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण देशवासीमा कम्पनीले आभार प्रकट गरेको छ ।
साथै आगामी दिनहरूमा आफ्ना सेवाहरूलाई अझ सरल, मर्यादित, तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आफ्ना सेवाग्राही, बीमित, अभिकर्ता तथा सरोकारवालाहरूको राय सुझावका आधारमा आगामी दिनमा समयसापेक्ष जीवन बीमा योजनाहरू क्रमशः सञ्चालनमा ल्याउन कम्पनी क्रियाशील एवं प्रतिबद्ध रहेको पनि कम्पनीले जानकारी दिएको छ ।