काठमाडौं ।
सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचबिखन र लैङिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पु-याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्नेभएको छ ।
माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचबिखनविरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन् । सानिमाको हाल देशभर ८६ शाखाहरू, १७ विस्तारित काउन्टर र ९६ एटीएम रहेका छन् ।