काठमाडौं ।
नेपाल एसबीआई बैंकले काठमाडौँको पुतलीसडकमा पनि एटीएम काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार एटीएम काउन्टरको उद्घाटन बैंकको प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत दीपककुमार, बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत रिजवन आलम, बैकका डेपुटी सीईओ यादवेन्द्र कान्ट, प्रमुख सञ्चालन अधिकृत छपिराज पन्तसहितका व्यक्तिहरूले संयुक्तरूपमा गरेका हुन् ।
यो समेत गरी बैंकको कुल एटीएम काउन्टरको संख्या एक सय २२ पुगेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ८८ वटा शाखा, १९ वटा एक्सटेन्सन काउन्टर र एउटा कर्पोरेट कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।