काठमाडौ ।
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहर तिव्ररुपमा फैलिएसंगै सेयर बजार घट्ने क्रम सुरु भएको छ । अघिल्लो दिन ७५ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन ६५ दसमलव ५८ अंकले ओरालो लागेर २५ सय छ दसमलव ६१ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज ११ दसमलव २५ अंकले ओरालो लागेर चार सय ५२ दसमलव ७९ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुई सय २० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ८६ हजार ९२ पटकको कारोवारामा एक करोड २९ लाख ११ हजार सात सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम भने छ अर्ब ५९ करोड नौ लाख २८ हजार दुई सय दुई रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये सबै समुहको सुचक ओरालो लाग्दा बजार पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका सबै उपमसहुको सुचकरु उच्च अंकले घटेका छन् ।