काठमाडौ ।
अर्बन स्पेसले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई नेपालमा भित्राउने भएको छ । अर्बन स्पेसको ललितपुरको सातदोबाटोमा उद्घाटन गरिएको छ । पुर्वमिस नेपाल श्रृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक बिपिन गैरैले गरे उद्घाटन गरेका हुन् ।
अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो, जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो । अर्बन स्पेसको उदेश्य भनेको सुखदशहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोड देखि २०० मिटर बाहिर)मा अवस्थित रहेको छ ।
यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्दछन् । यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ, जहाँ मानिसलले विविध सामाजिक जीवनको अनुभव गर्न सक्नेछन् । डिजाइन गरिएका युनिक फिचरहरुले मानिसहरुलार्ई फाइदा पूर्ण रुपमा विभिन्न सुविधाहरु प्रदान गर्ने छ ।
अर्बन स्पेसको विशेष फाइदाहरुमा भूकम्प प्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरु समावेश छन् ।