काठमाडौ ।
नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आर. एस . अटोहब प्रा.लि को उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन आर.एस .अटोहब प्रा.लि. बल्खुका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरिएको छ । बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले ग्राहकहरु निरन्तर वृद्धि भइरहेकोले उनीहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्न बल्खुमा नयाँ शोरुम विस्तार गरिएको बताए । यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने उनको भनाई छ ।