काठमाडौं ।
सेयर बजार परिसुचक पुन २६ सय अंक नजिक पुगेको छ । अघिल्लो दुई दिन लगातार ओरालो लागेर २५ सय अंकमा झरेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार ९२ दसमलव ४६ अंकले उकालो लागेर २५ सय ९९ दसमलव सात अंकमा चढेको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव ४८ अंकले उकालो लागेर चार सय ६७ दसमलव २८ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गतका दुई सय १६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन । जसबाट ६३ हजार पाँच सय ५८ पटकको कारोवारमा एक करोड दुई लाख दुई हजार दुई सय १९ कित्ता सेयर खरिद बिक्री भएकाछन । सोही आधारमा यसदिन कुल कारोवार रकम पाँच अर्ब १० करोड ९० लाख ९६ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोवार भएका कुुल उपसमुह मध्ये सबै उपसमुसहको सुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका उपसमुहको सुचक उच्च अंकले बढेका छन् ।