ढाका ।
बंगलादेशी सरकारले कुल गार्हस्थ्य उत्पादन वृद्धिदर अनुमान सन् २०२०/०२१ का लागि ६.१ प्रतिशत रहने संशोधित अनुमान गरेको छ । यो यस वर्ष गरिएको तेस्रो संशोधन भएको बताइएको छ ।
कोरोनाभाइरसको दोस्रो लहरसँगै जीडीपी वृद्धिदरको अनुमान पटक पटक संशोधन गर्नुपरेको हो । अहिले संक्रमणको दोस्रो लहरको प्रभाव देखिनथालेको छ । सुरुमा बंगलादेशले ८.२ प्रतिशत जीडीपी वृद्धिदरको अनुमाान गरेको थियो । तर त्यसलाई फेरि ७.४ प्रतिशतमा झारिएको थियो ।
नयाँ वृद्धिदर लक्ष्यको अनुमान आइतबार गरिएको हो । अर्को वर्षको लागि यस्तो लक्ष्य ७.२ प्रतिशत राखिनलागेको बताइएको छ । गत मार्च महिनामा विश्व बैंकले बंगलादेशको जीडीपी वृद्धिदर लक्ष्य यस वर्षका लागि ५.६ प्रतिशत बढीमा हुनसक्ने अनुमान प्रक्षेपण गरेको थियो ।