अमेरिका ।
अमेरिकी राज्य वासिङटन डीसीको महानगरीय प्रहरी विभागको कम्प्युटर ह्याक भएको छ । बीबीसीका अनुसार ह्याकरहरुले विभागको कम्प्युटर ह्याक गरी सूचनाहरु सार्वजनिक गरिदिने चेतावनी दिएका हुन् ।
बाबुक भनिने ¥यान्समवेर समूहले प्रहरीबारेको गोप्य सूचनाहरु तीन दिनभित्र प्रहरीले सम्पर्क नगरे सार्वजनिक गरिदिने बताएका छन् । अमेरिकी मिडियाहरुले यसबारे संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान गरिरहेको बताएका छन्।
¥यान्समवेर कम्प्युटर नेटवर्क ह्याक गरी सूचना चोर्न प्रयोग हुन्छ । ह्याकरहरुले कम्पनी वा संस्थालाई निशाना बनाई उनीहरुको सिस्टम नै लक गरिदिन सक्छन् । यसको बदला उनीहरुले ठूलो परिमाणमा पैसा माग्छन् र सिस्टम फेरि छोडिदिन्छन्।
सोमबार डीसीको प्रहरी विभागले एक वक्तव्यमा आफ्नो सर्भरमा अनधिकृत पहुँच पुगेको बताएको समाचार संस्था एपीले जनाएको छ । यद्यपि विभागलाई ह्याकरले सिस्टममा पहुँच दिए नदिएको खुलेको छैन । बाबुक रुसी भाषाको -यान्समवेर समूह हो । यो समूह यही वर्षको सुरुतिर देखापरेको थियो ।