विराटनगर ।
विराटनगर भन्सारका कर्मचारी र भन्सार एजेन्टका वीच सेटिङ्गमा भन्सार राजश्व छलीका प्रकरण बढ्दै गएपछि राजश्व कार्यालय सुनसरी इटहरीले भन्सार परिसर भित्रै छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको छ ।
केही दिन अगाडी मात्रै भन्सार कर्मचारी र भन्सार एजेन्टका वीचमा सहमती भएर भन्सार जाँचपास भएको दुई ट्याकटर सामान सहित भन्सार प्रज्ञापन पनि नियन्त्रणमा लिएको राजश्व कार्यालय सुनसरीले सोही आधारमा तत्काल फेला परेको प्रमाणबाट विराटनगर भन्सार परिसर मै पुगेर छापा मारेको हो ।
राजश्व टोलीले भन्सार प्रतिनीधि राजकुमार रौनीयारको भन्सार भीत्र रहेको कार्यालयमा छापा हानी कागजात नियन्त्रणमा लिएको हो । सो टोलीले रौनियारको कार्यालयबाट भारतीय सप्लायसैका केही बीलविजक र भारतीय बैकको चेक बुक समेत फेला पारेको बताइएको छ । जसले लामो समय देखी भन्सार कर्मचारी र भन्सार एजेन्टका वीच लेनदेन भएर भन्सार जाँचपास हुने गरेको आसंक्का अरु बढेर गएको छ । यसले पनि हालसम्म के कती राजश्व छली भएको हो भन्ने सम्बन्धमा लामो अनुसन्धान गर्नु पर्ने देखिएको राजश्व स्रोतले जानकारी दिएको छ ।
भन्सार कार्यालयको आइसीपि परिसर भित्रै राजश्व पुगेर छापामारी गरेको यो घट्ना विराटनगर भन्सारको इतिहास मै पहिलो भएको बताउन थालिएको छ । भन्सार परिसरमा भएको राजश्व छापा प्रकरणसँगै भन्सार अधिकृत सन्तोष यादव र अर्का अधिकृत राम प्रसाद पोखरेलको कार्यशैली समेत विवादीत बन्न पुगेको रहस्य बाहिरीको छ ।
भन्सार अधिकृत राम प्रसाद पोखरेल यस अगाडी पनि जेसमीन हाजीनले तयारी सेनेटरी प्याडको आयात गरी कच्चा पदार्थको भन्सार मुल्याँकनबाट लाखौको सेनेटरी प्याड आयात गरेको प्रकरणमा समेत मुछिएका थिए । जसले गर्दा दुवै भन्सार अधिकृतहरु पछिल्लो समयमा भएको राजश्व छापा प्रकरणसँगै विवादीत बन्न पुगेका छन् ।
कोरोना संक्रमण रोक्न नेपाल भारत सीमानाकामा बाक्लै सुरक्षाकर्मी खटाएका कारण खुलासीमाबाट सामान ओसार पसार गर्न समस्या भएपछि भन्सार कर्मचारी र भन्सार एजेन्टका वीचमा नै लेनदेन गरी भन्सार मुल्याँकन समेत अत्यन्त न्युन देखाएर सामान जाँचपास हुने गरेको घट्ना केही दिन अगाडी मात्र सार्वजनिक भएपछि राजश्व कार्यालय आक्रामक बनेको बताउन थालिएको छ ।
सुनसरी राजस्वले विराटनगर भन्सार परिसरमा छापा मार्नु एक दिन अगाडी विराटनगर भन्सारबाट बिभीन्न मितीमा भन्सार जाँचपास गरी ट्रान्सपोर्टमा पु¥याएका सामान पनि राजश्व छली भएको आशंकामा पाँच वटा सप्लार्यसमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा हानेको छ ।
बिभीन्न सप्लायर्सहरूले राजस्व छलेको विभागले सूचना पाएपछि यहाँका तीन फर्ममा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ । सोही कागजातका आधारमा राजश्व सुनसरीले विराटनगर भन्सारमा समेत भोलीपल्ट छापा हानेको हो ।
राजस्व अनुसन्धान सुनसरीले विराटनगरको पञ्चबुद्ध र विनायक ढुवानी सेवामा छापा हानेर ठूलो परिमाणमा भन्सार छलेर ल्याएको तस्करीको सामान परेको राजस्व अनुसन्धान कार्यालय इटहरीस्रोतले बताएको छ ।
राजस्व छली गरेको गोप्य सूचना आएपछि विराटनगरको दुई वटा ढुवानीमा छापा मार्दा भन्सार छलेर ल्याएको सामान फेला परेको स्रोतले बताएको छ । विनायक ढुवानी सेवा मार्फत भन्सार एजेन्टले आफै नक्कली बिलबिजक तयार पारी व्यापारीले मगाएको ठाउँसम्म सामान पु-याउने गरेको राजस्व अनुसन्धान टोलीले प्रराम्भिक चरणको अनुसन्धानबाट फेला पारेको दावी स्रोतले गरेको छ ।
त्यस्तै राजस्वले विराटनगरकै पञ्चकन्या ढुवानी सेवाबाट पनि आवश्यक कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरी सकेको बताइएको छ । एकै दिन राजस्वले विराटनगरकै पियन्स सप्लायर्स र प्रमाण ट्रेडर्समा पनि छापा हानेर कागजपत्र नियन्त्रणमा लिइएको छ । (आर्थिक दैनिकबाट)