काठमाडौं ।
एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड दोस्रोको दोस्रो दिनमा नै ८७ प्रतिशतभन्दा बढी आवेदन परेको क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब दुुई करोड रुपैयाँबराबरको १२ करोड एकाइ बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको एकाइ सर्वसाधारणहरूलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम एक सयदेखि एक करोड २० लाख एकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एकाइ खरिदका लागि आवेदन दिने समय यही वैशाख १६ गतेसम्म रहेको क्यापिटलले जानकारी दिएको छ ।