काठमाडौं
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब तीन करोड छ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४० अर्ब ५२ करोड तीन लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब ८५ करोड २६ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ४० करोड ६४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको बैकको वितरणयोग्य नाफा भने दुई अर्ब २० करोड चार लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब चार करोड ३५ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा तीन अर्ब ३४ करोड आठ लाख ५७ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६८ प्रतिशत रहेको थियो ।