काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले डिजिटल वालेटसँग सम्झौता गरेको छ । जापानमा रहेका नेपालीहरूलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बंैकले डिजिटल वालेटसँग विप्रेषण कारोबार गर्ने सम्झौता गरेको हो ।
सम्झौतापछि जापानमा रहेका नेपालीहरूले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यो मोबाइल एप गुुगल प्लेस्टोर, एप स्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ । स्माइल मोबाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।
स्माइल मोबाइलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरूबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । कोभिड १९ को संक्रमणको जोखिमबाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोबाइल एप प्रयोग गर्न ग्राहकहरूलाई अनुरोध गर्दै बैंकले यो माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको जनाएको छ ।