काठमाडौँ ।
नेपाली बैंकिङ क्षेत्रमा डिजिटल कारोबार बढ्दै गएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल राष्ट्र बैंकले अभौतिक बैंकिङ कारोबारलाई प्रोत्साहन गरेका कारण पनि बैैंकिङ क्षेत्रमा डिजिटल कारोबार बढ््दै गएको हो । ‘सोही कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्या एक करोड २६ लाख ८९ हजार चार सय ४५ पुुगेको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुुमार ढकालले भने, ‘कुुल मोबाइल बैैंकिङ ग्राहकमध्ये सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा मात्र एक करोड ३५ लाख ५४ हजार ९५ जना मोबाइल बैंकिङ ग्राहक रहेका छन् ।
यसैगरी विकास बैंकहरुमा १२ लाख १९ हजार पाँच सय ६३ र फाइनान्स कम्पनीहरुमा एक लाख १५ हजार सात सय ८७ जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका छन् ।’ प्रवक्ता ढकालका अनुसार नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या भने १० लाख ९० हजार तीन सय २२ छ । जसमध्ये वाणिज्य बैंकहरुमा १० लाख ५६ हजार तीन सय ४०, विकास बैंकहरुमा २७ हजार एक सय २१ र फाइनान्स कम्पनीहरुमा छ हजार आठ सय ६१ जना रहेका छन् । यस अवधिमा बैंकहरुको कुुल एटीएम काउन्टरको संख्या भने चार हजार दुुई सय ५४ वटा पुगेको छ ।
उक्त संख्यामध्ये वाणिज्य बैंकहरुको तीन हजार आठ सय ९१, विकास बैंकहरुको तीन सय १० र फाइनान्स कम्पनीहरुको ५३ वटा एटीएम काउन्टहरु सञ्चालनमा रहेको प्रवक्ता ढकालले बताए । बैैंकिङ क्षेत्रमा डेबिट कार्ड प्रयोगकर्ता ग्राहकहरुको संख्या भने ८० लाख ४९ हजार ५९ पुगेको छ । उक्त संख्यामध्ये वाणिज्य बैंकहरुमा मात्र ७७ लाख २३ हजार, विकास बैंकहरुमा दुुई लाख ८४ हजार र फाइनान्स कम्पनीहरुमा ४० हजार नौ सय १६ जना डेबिट कार्ड प्रयोगकर्ताहरु रहेको प्रवक्ता ढकालको भनाइ छ ।