काठमाडौं, पुस २९
बेष्ट फाइनान्स लिमिटेडले सातवटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौँस्थित विभिन्न सातवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरमाध्यामिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत र सम्मान गरेको हो । सो अवसरमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ट हुने विद्यार्थीहरूलाई बधाइ दिँदै लेखन कार्यमा विद्यार्थीहरूको सहभागिता प्रशंसनीय रहेको बताए ।
फाइनान्सले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहभागिता जनाउँदै आएको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ । काठमाडौँको कमलादीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको फाइनान्स कम्पनीले १४ शाखामार्फत मुलुकका विभिन्न सहरहरूबाट आफ्नो बैकिङ सेवा प्रदान गर्दै आइरहेका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।