काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ८१ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ ८० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १७ रुपैयाँ छ पैसा रहेको छ ।