काठमाडौं, पुस २९ सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । फाइनान्सले नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्ति प्रकृयामा जाने निर्णय गरेसँगै प्राप्ति प्रकृयाको लागि यही पुुस २८ गते सोमबारदेखि फाइनान्सको सेयर कारोबार रोक्का भएको हो । बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने एवं प्राप्तिसम्बन्धी नियमावली २०७३ अनुुसार फाइनान्सको सेयर कारोबार रोक्का भएको हो ।