काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै १३ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार एक दसमलव ९४ अंकले उकालो लागेर २६ सय ५४ दसमलव ६९ अंकमा चढेको छ क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३२ अंकले उकालो लागेर चार सय ७५ दसमलव ४४ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन । जसबाट ६८ हजार तीन सय १९ पटकको कारोवारमा एक करोड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार यसदिन कुल कारोवार रकम छ अर्ब पाँच करोड २२ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुह मध्ये बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा होटल तथा पर्यटन, फाईनान्स र अन्य उपसमुहको सुचकहरु ओरालो लागेका छन् भने ट्रेडिङ, लघुबित्त, जलबिद्युुत, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु उकालो लागेका छन् ।