काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोवार दिन आज बुधबार पाँच दसमलव नौ अंकले ओरालो लागेर २६ सय ४९ दसमलव ६० अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६३ अंकले ओरालो लागेर चार सय ७३ दसमलव ८१ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ७८ हजार सात सय ७१ पटकको कारोवारमा एक करोड ४८ लाख ६७ हजार नौ ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम छ अर्ब २१ करोड ६८ लाख १४ हजार तीन सय १३ रुपैयाँ पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये चार वटा उपसमुहको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहको सचुक ओरालो लागेका छन् । जसमध्ये बाँँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ र फाईनान्स उपसमुहको सुचक पनि उकालो लागेका छन् ।