काठमाडौं ।
सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि पुन १२ दसमलव ४७ अंकले ओरालो लागेर २६ सय ३७ दसमलव १३ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवारा मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७७ अंकले ओरालो लागेर चार सय ७३ दसमलव चार अंकमा झरेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ८० हजार एक सय ४१ पटकको कारोवारमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम छ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहरुको सुचक ओरालो लागेका छन् ।
जसमध्ये बाँणिज्य बैंक, फाईनान्स र लगानी उपसमुहको सुचक बढेका छन् भने बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक घटेका छन् ।