काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड ९६ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १९ करोड चार लाख ५४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब सात करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ९४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय १० रुपैयाँ २२ पैसा रहेको छ ।