काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना)बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्नेछन् ।
एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लिखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिनेछ ।