काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ११ लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ५१ लाख हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी आठ रुपैयाँ १५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटर्वथ भने एक सय १० रुपैयाँ ४३ पैसा रहेको छ ।